रवि पत्नि निकिताले चलचित्र बिकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिनुको कारण यस्तो

काठमाडौं, २२ माघ । निकिता पौडेल, चलचित्र बिकास बोर्ड कि अध्यक्ष तथा लोकप्रिय पत्रकार रवि लामिछाने कि नव श्रीमती । सामाजिक सन्जाल मार्फत आफुले चलचित्र बिकास बोर्डको अध्यक्ष पदबाट माघ २३ गतेदेखि लागु हुने गरि आफ्नो राजिनामा, सन्चार तथा सुचना प्रविधि मन्त्री समक्ष पेश गरेको जानकारी गराएकी हुन । उनले राजीनामा दिनुको कारण आफ्नो श्रीमान रवि लामिछानेले निर्माण गर्न लागेको अस्पतालमा सहयोग पुर्याउनको लागि यो पद छाडेको उल्लेख गरेकी छन । रवि लामिछानेको संयोजकत्वमा निर्माण हुन लागेको दुर्गम जिल्ला कालिकोट, रास्कोट सामुदायिक अस्पतालमा आफ्नो अधिक्तम समय दिने प्रतिबद्धता व्यक्त गर्दै आफुले पछिल्लो समय प्राप्त गरेको तीन महिनाको सम्पुर्ण तलब बापतको रकम पनि यो पुर्ण कार्यमा लगाउने जानकारी पनि गराएकी छन ।

निकिताले आफु चलचित्र बिकास बोर्डमा नरहे पनि, आफु सदैव चलचित्र क्ष्रेत्रकै हितको लागि क्रियाशिल रहने पनि बताएकी छन । व्यक्तिगत जीवनमा व्यस्त भएकै कारण राज्यको कुनै पनि काममा अवरोध आइ नपरोस भन्नकै लागि पनि यो निर्णय लिनु परेको भन्दै विज्ञप्तीमा यसो भनेकी छन, “खुल्ला प्रतिष्पर्धा गरी लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिष्पर्धी हुनुको गौरव मिलेसगै, म मङ्सिर २५/२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु । यो सँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन् ।”

निकिताले प्रस्ट पार्दै भनिन कि, आजको दिनसम्म मन्त्रालयले दिएको जिम्मेवारी र तोकिएको समयभित्र सबै कार्यहरुलाइ सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहित प्रस्तुत हुदै जारी विज्ञप्तीमा अगाडि भनिएको छ, “सम्पूर्ण चलचित्र क्षेत्रको हितका लागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु । बक्स अफिसका अलावा, नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देशमुलक चलचित्रलाई करमा सहुलियत, बिशिष्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाति, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केही सम्पन्न र केही शुरूवात भएका छन् ।”

निकिताले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभाव र चलचित्रकर्मीहरुप्रति आभार पनि प्रकट गरेकी छ्न ।

nepalitvshow

nepalitvshow

Read Previous

“चप्पल सेल्फि” मन छुने भाइरल कथा

Read Next

नेपाल टेलिकमको फोन अब विदेशमा पनि प्रयोग गर्न पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *