अष्ट्रेलियामा शक्तिशाली बाढी आउदा दुइ जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा आएको तिरन्तर वर्षाका कारण ठुलो बाढी आएको छ । बाढीबाट ठुलो जनधनको क्षति हुनुको साथै दुइ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । टाउन्सभिल क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको र त्यस क्षेत्रबाट उद्धारकर्मीहरुले ६५० जना स्थानीयको उद्धार गरेका छन् ।


स्टेट टाइम्सले जनाए अनुसार उक्त क्षेत्रका मानिसहरुले खानेपानी, बिजुली र अन्य महत्वपुर्ण आवश्यक सामाग्रीबाट बन्चित भएका छन । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन् । उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन् ।

nepalitvshow

nepalitvshow

Read Previous

४ वर्षिय बालिकाको बलात्कारपछि हत्या गर्ने शिक्षकलाइ फाँसी, निर्मला हत्याराले कहिले पाउने यो सजाय?

Read Next

नायक आर्यन सिग्देल बाउ बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *