
बिहे गरेको करिब ४ वर्ष पुगिसक्दा यो खुशीको खबर सिग्देल परिवारमा आएको छ । नेपाली चलचित्रका चक्लेटी हेरो भनेर चिनिने नायक आर्यन सिग्देलले धेरै लभ स्टोरी र एक्सन फिल्ममा पनि अभिनय गरिसकेका छन । वि.स. २०७१ साल वैशाख ६ गते विवाह बन्धनमा बाधिएको यो जोडि सपना भण्डारी र आर्यनको पहिलो सन्तान हो । यसै साता मात्र बाहिरिएको यो खबर, अहिले निकै चर्चामा छ ।
हुन लागेका बुवा अर्थात नायक आर्यन सिग्देल भने अहिले फिल्म “हजार जुनी सम्म” को छायांकनमा व्यस्त छन । केहि दिन अघि मात्र आफ्नो श्रीमतीलाइ भेट्न आएका आर्यन चलचित्रको छायांकनको लागि अहिले सिक्किममा छन । सन्तान लाभको लागि यि जोडिलाइ अग्रिम बधाइ तथा शुभकामना ।