के केपि ओलीले चलाउने पानीजहाज भनेको यहि हो त?

काठमाडौं । पछिल्लो समय सप्तकोशी नदिमा पानीजहाज अर्थात जेट बोट चल्न थालेको छ । जसलाइ केपि ओलीको जहाज भनेर पनि प्रचार गरिएको छ । नेपालमा केपि ओली पहिलो पटक प्रधानमन्त्री हुदा खेरि त्यतिबेला पानीजहाजको चर्चा चलेको थियो अहिले पनि सेलाएको छैन जस्ताको त्यस्तै छ ।
ओलीले गत महिना एक सडक भाषणमा सप्तकोशीमा पानीजहाज आउने र टिकटको लागि कार्यलय नै खोलिने भन्दा ओली हाँसोको पात्र बनेका थिए ।

यो जेट बोट बारे सामाजिक सञ्जालमा धेरै टिकाटिप्पणी भइरहेको छ । कतिपयले अझै पनि व्यंग्यात्मक स्टाटसहरु पोस्ट गर्दै भनेका छन, “लु मचाहिँ हिँडे जहाजको टिकट काट्न” । तर समर्थकहरुले भने नेपालमा पानीजहाज आइसकेको भनेर आफ्नो फेसबुकको भित्ता सजाए । अनि कतिपयले प्रधानमन्त्रीलाइ उडाउनेहरुलाइ गतिलो झापड भन्दै ‘जेट बोट’का तस्वीरहरु पोष्ट गरे । उनीहरुले जेटबोटलाई नै ‘पानीजहाज’ को उपमा दिए ।

यस्तो चर्चा भइ रहदा अनलाइन खबरका टोली सुनसरीको चतरा र उदयपुरको बेलका नगरपालिकाको सीमानामा रहेको सप्तकोशी नदीसम्म पुगे । उनिहरु त्यहाँ पुग्दा प्रष्ट भयो, आखिर पानी जहाज भनिएको त्यही जेटबोट रहेछ, जुन ओली सरकार गठन हुनुभन्दा धेरै पहिलेदेखि सञ्चालनमा आउँदै र रोकिँदै गरेको थियो ।

विशेषगरि यो बोट बराहक्षेत्रसम्म जलयात्रा गरिरहेको छ र धेरै आगन्तुक बराहक्षेत्र मन्दिरको दर्शन गर्नको लागि यो बोटको यात्रा गर्दछन । यो जेटबोटको स्टेशन पनि छ जुन पुलभन्दा थोरै तल सुनसरीतर्फको भू–भागमा पर्छ । सुनसरी र उदयपुरको सीमानामा निर्माण भएको नयाँ कोशी पुलबाट सप्तकोशी नदीबाट हेर्दा जेट बोटमा यात्रु बोकेर सरर कुदिरहेको दृश्य देखिन सकिन्छ । बराहक्षेत्र मन्दिरको दर्शन गरेर पुनः त्यहीँ ठाउँमा फर्किन जम्मा ४ सय रुपैयाँको टिकट काट्नु पर्दछ ।

जेटबोटका अपरेटरले अनुसार, यो जेटबोट भोजपुरको सिम्लेसम्म जान्छ | सिम्लेसम्म पुगेर फेरि फर्किनको लागि भने जम्मा ८ सय रुपैयाँ लाग्छ, जुन एकतर्फि पनि टिकेट लिन सकिन्छ, जसको मुल्य ४ सय छ । यो जेटबोट सिम्लेसम्म पुग्ने भएता पनि धेरैजसो चाहिँ कोशी पुलबाट बराहक्षेत्रसम्म जाने यात्रुहरुको मात्र भिड भएको देखिएको छ ।

People enjoying a boat ride in the Saptakoshi River in Gaighat, Udayapur, on Sunday, March 25, 2018. Photo: THT

बराहक्षेत्र मन्दिर जहाँ दैनिक दर्शनार्थीहरु आवत जावत गर्ने एक चर्चित धार्मिकस्थल हो । अझ विशेष मेला पर्वमा त बराहक्षेत्रसम्म पुग्नका लागि सवारी साधन नै नपाइने गरी अत्याधिक भीड हुने गर्छ । भारतदेखि ठूलो संख्यामा भारतिय दर्शनार्थीहरु पनि आउने गर्छन् ।

यात्रु ओसारपसार गर्न भ्याईनभ्याई यो सप्तकोशीमा हाल चारवटा जेट बोट सञ्चालित छन् । अझै थप आउने क्रममा समेत रहेका छन् । हाल केपी ओली दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि स्प्तकोशीमा सञ्चालित यी बोटहरुको विशेष चर्चा हुन थालेको छ । तर, यी भर्खरै सञ्चालित भएका भने होइनन् । जब यो स्थलमा पहिला डुंगा चल्थे र जब ति डुंगा दुर्घटनामा परे, दुर्घटनापछि जेटबोट आयो, यसैलाई भनियो पानीजहाज ।

सप्तकोशीमा ०६४ सालमा आएको बाढीले पूर्व–पश्चिम राजमार्ग करिब १० किलोमिटर भत्कायो । धार परिवर्तन गरेर सडकबाटै नदी बग्न थालेपछि पूर्व–पश्चिम राजमार्गको यो खण्ड बन्द भयो । तत्कालीन समयमा कोशीलाई पुरानै धारबाट बगाउन सम्भव नभएकाका कारण यात्रुहरु सप्तरीको कञ्चनपुर फत्तेपुरबाट उदयपुरको रामपुर ठोक्सिला हुँदै सप्तकोशी नदीमा डुंगा तरेर सुनसरीतर्फ जानुपर्ने बाध्यता सिर्जना भयो ।

पूर्वबाट काठमाडौंतर्फ आउने तथा पश्चिमबाट सुनसरी, मोरङ, झापातर्फ जानका लागि यात्रुहरु सुनसरी र उदयपुरको सीमानामा रहेको काठे डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न वाध्य भए । हो, त्यसबेलैदेखि सप्तकोशीमा यो जेटबोट (मेसिनबाट चल्ने डुंगा) सञ्चालन हुन थालेको हो, ओली सरकारका पालामा भने होइन ।

२०७० साल साउनमा दर्जनौं बेपत्ता हुने गरी डुंगाको दुर्घटना भएपछि यो आधुनिक जेटबोटले त्यो परम्परागत डुंगालाइ पछि पार्दै सन्चालनमा आएको हो । कोशी ब्यारेजमा रहेको पुलको विकल्पमा सरकारले सुनसरी र उदयपुरको सीमानामा वैकल्पिक पुल निर्माण गरिसकेपश्चात डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हाललाई टरेको छ । तत्कालीन अवस्थामा कोशी तर्नका लागि प्रयोग हुँदै आएको यो जेटबोट भने नदी तर्नमात्रै नभएर केही लामो यात्राका लागि पनि प्रयोग हुन थालेको छ ।

सुरुवाती चरणमा एउटा मात्रै जेटबोट सञ्चालन भइरहेको अवस्थामा केही वर्ष पहिले बराहक्षेत्र जल यात्राले गति लिदै गएपछि अर्को बोट पनि भित्रिएको हो । केही साता पहिलेमात्रै बराहक्षेत्र मारिन एण्ड रिसोर्ट प्रालिले समेत २ वटा सुविधासम्पन्न बोट सप्तकोशीमा झारेको छ । योसँगै सप्तकोशीमा यस्ता साधनको संख्या अहिले पुगेको छ । तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रमन भट्टराईको रंगमहल रिभरल्याण्ड प्रालि नामक कम्पनीले समेत विभिन्न प्रकारका ५ वटा जल यातायातका साधनहरु ल्याउने तयारीमा थालेको छ ।

२०६४ सालदेखि यो बोट प्रयोगमा आए पनि यसको चर्चा भने बल्ल शुरु हुन थालेको छ । स्थानियले यसलाइ मसिन बोट भन्दै आएका थिए तर अचेल यसैलाइ “पानीजहाज” को संज्ञा दिन थलिएको छ । केपि ओलीको पानीजहाज ल्याउने प्रण जुन भाषणमा सुनिसकेपछि यिनै मेसिनबाट चल्ने डुंगाहरुलाई पानीजहाजका रुपमा व्याख्या गर्न थालिएको स्थानीयले बताएका छन ।

भर्खरै बराहक्षेत्र मारिन एण्ड रिसोर्ट प्रालिले २ वटा बोटहरु सपतकोशीमा ल्याएको छ । यद्यपि यसले व्यवसायिक यात्राको सुरुवात भने गरिसकेको छैन । यस रिसोर्ट्का प्रमुख सञ्चालक सुनसरी चक्रघट्टीका नविनकुमार पौडेलका अनुसार आफुले भित्र्याएको जलयातायातको साधन “पानीजहाज” नै भएको दाबी गरेका छन । आफुले ल्याएको बोट आधुनिक र नयाँ भएको र ति मध्ये एक बोटमा भने एक सय जना यात्रुहरु सम्म बोक्ने सकिनेछ ।

यो एक सय जना यात्रु यात्रा गर्न सक्ने बोटमा फुल एयर कण्डिसन भएको र ८० वटा सिट रहेको छ जसमा ८० जना बस्न सकिने र २० जना उभिएर यात्रा गर्न सकिने हुनाले यसको क्षमता एक सय जना भएको हो ।

ठूलो जहाजलाई बराहक्षेत्रसम्म लैजानका लागि मेसिन लगाएर बाटो बनाइरहेको उनले सुनाए । नदीको बीचमा भेटिएका ढुंगाहरु हटाएर ठूलो जहाजलाई बराक्षेत्रसम्म ओहोर– दोहोर गराउने र सानोलाई भोजपुरको सिम्ले हुँदै काभ्रेको दोलालघाटसम्म चलाउने योजना बनाएको उनले बताए । जल यातायातका लागि बाटो बनाउन सरकारले समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

nepalitvshow

nepalitvshow

Read Previous

फेसबुक १५ वर्षमा प्रवेश

Read Next

भारतिय अभिनेत्री अनुष्का शर्माको हुबहु अर्को रुप अमेरिकामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *