
रुसको साइबेरिया स्थित नोरिल्स्क (Norilsk) नामको एउटा शहर छ जुन विश्वको सबैभन्दा चिसो शहर हो। थण्डि याममा उक्त शहरको न्युनतम तापक्रम माइनस ६१ डिग्री सेल्सिअस सम्म झर्दछ। जबकि त्यहाको वार्षिक औसत तापक्रम माइनस १० डिग्री सेल्सिअस हुने गर्दछ। जहाँ वर्षको ९ महिना हिउँ जमी रहन्छ नोरिल्स्क (Norilsk) मा डिसेम्बर देखि जनवरी सम्म सुर्यको किरण पनि देखिदैन। सुर्य नै नदेखिने हुनाले दुइ महिना सम्म त्यहाँ अध्याँरो छाउदछ।
रोचक त के छ भने यो शहर रुसको सबैभन्दा धनी शहर हो। जहाँ विश्व कै ठुलो प्ल्याटिनम, पेल्डियम र निकेल धातुको भण्डारण छ। यति मात्र होइन यो शहर विश्वको सबैभन्दा प्रदुषित शहर पनि हो किनकि यहाँ ठुलो परिणाममा खानी तथा प्रसोधनको काम हुन्छ। जसबाट ठुलो मात्रामा सल्फर डाइअक्साइड ग्यास निस्कने गर्दछ।