चलचित्र “क्याप्टेन” को पहिलो अन्तराष्ट्रिय रिलिज जापान

काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र “क्याप्टेन” फागुन १७ गते रिलिज हुँदैछ। धेरै नै आश गरिएको उक्त चलचित्रको चर्चा दिनानुदिन बढ्दो छ। यस चलचित्रका निर्माता भुवन केसीले यस चलचित्रलाइ अन्तराष्ट्रिय बिक्रि गरेसँगै, जापानमा यो चलचित्र लाग्ने मिति पनि पक्कापक्की नै भईसकेको छ । आयोजक संस्था स्टिनी क्रियशनका अनुसार जापानमा आउँदो मार्च १७ मा यो चलचित्र देखाउने भएको छ।

दिवाकर भट्टराईद्धरा निर्देशित चलचित्र ‘क्याप्टेन’ ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकारहरूलाई स्थान दिइएको छ । उक्त चलचित्रमा अनमोल, उपासना र प्रियंकाका अलावा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रका निर्माता भने नायक भुवन केसी हुन् । ‘क्याप्टेन’ को लेखक निर्देशक दिवाकर स्वयं आफै हुन् भने पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादन दिर्घ खड्काको रहेको छ । यो चलचित्रले के कस्तो स्थान पाउला अथवा अनमोलको क्रेज अझै बढ्ला या घट्ला? त्यो चलचित्र रिलिज हुने दिन नै थाहा हुनेछ।

nepalitvshow

nepalitvshow

Read Previous

विदेशबाट आउने नेपालीहरुले पोखे भन्सारमा हुने ज्याजतिको आक्रोश

Read Next

अमेरिकाको न्युयोर्कमा प्राशा तुलाधरको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *