अमेरिकाको न्युयोर्कमा प्राशा तुलाधरको निधन

विदेशमा बसेका नेपाली होस् या नेपालमा आजभोली जुन सुकै काममा पनि सहयोग गर्न पछि पर्दैनन्। त्यस्तै अमेरिकामा पनि नेपालीहरुकै सहयोगका कारण प्राशा तुलाधरले आफ्नो फोक्सो प्रत्यारोपण गरेर बाँच्ने मौका पाएकी थिइन। सन् २०१६ फेब्रुअरी ९ मा प्राशाले फोक्सो फेरेसँगै उनको नयाँ जीवन सुरुवात भएको थियो। केहि क्षणको खुशीमा रमाउँदै थिईन प्राशा तर गत डिसेम्बरमा उनको फोक्सोमा इन्फेक्सन भएपछी उनको फोक्सो र मृगौला गरि दुवै अंगले काम गर्न छोडिसकेको चिकित्सकहरूले बताएका थिए।

यी दुइ अंग फेरी प्रत्यारोपण गर्न सकिने भएपनि यहि बीचमा प्राशा सिकिस्त बिरामी भईन र अस्पतालमा उपचार गर्नको लागि भर्ना गरियो। उनको उपचारकै क्रममा न्युयोर्कको प्रेस्वेटेरियन अस्पतालको आईसीयुमा विहीबार उनको निधन भयो । उनको यो असमायिक निधन प्रति हामी निक्कै दुखी छौ, उनको आत्माले शान्ति पाओस र उनको परिवारलाइ धर्य धारण गर्ने शक्ति प्रधान गरोस।

nepalitvshow

nepalitvshow

Read Previous

चलचित्र “क्याप्टेन” को पहिलो अन्तराष्ट्रिय रिलिज जापान

Read Next

अमेरिकाको टेक्सासमा नेपाली रेस्टुरा खुल्ने क्रम बढ्दो, फेरी अर्को “द गुर्खा बार एण्ड ग्रिल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *