हाल संयुक्त अरब इमिरेट्समा भईरहेको नेपाल-युएई क्रिकेट प्रतियोगितामा नेपालले एकदिवसीय श्रृङ्खला आफ्नो भागमा पारिसक्यो। ट्वेन्टी ट्वेन्टी को चरण भने अहिले सम्ममा १-१ भइ बराबरीमा रहेको छ। “दुई चार खेलकै आधारमा मूल्याङ्कन गरिहाल्ने बेला हुँदैन। तर हाम्रो टोली सही बाटोमा चाहिँ छ,” पारसले बीबीसीसँग बोल्दै भने। नेपाली टोलीका क्याप्टेन पारस खड्काले आफ्नो टिममा रहेका खेलाडीहरु प्रति सन्तोष व्यक्त गरेका छन्। आफ्नो टिमको भविष्य राम्रो भएको बताए पनि अझै महेनत गर्न बाँकी रहेको बताउछन पारस। आफ्नो टिमले राम्रो कोशिश गरेको तर पनि युएईलाइ स्वयं उसैको मैदानमा हराउन भने कठिन भएको बताउछन पारस।

नेपाल क्रिकेट भित्रै प्रतिस्पर्दीमा पनि प्रतिस्पर्धा गर्नु परेको छ किन भने एक भन्दा अर्को राम्रो खेलाडिहरु आउने क्रम जारी छ र धेरै खेलाडीहरुले पनि ढोका ढक्ढक्याइरहेका छन्। राम्रो प्रदर्शन नगर्ने हो भने चाहेको स्थानमा पुग्न नसक्ने हुनाले आउने वर्षहरुमा आफ्नो टिमलाइ शक्तिशाली बनाउनु पर्नेछ अनि मात्रै यस्तो कडा बिपक्षी प्रतिष्पर्धीहरुलाइ हराउन सहयोग पुग्ने पारस बताउछन।

कीर्तिमानको चर्चा
उक्त श्रृङ्खलाका बेला दुई नेपाली खेलाडीले विश्व कीर्तिमान रचे। रोहित पौडेलले भारतका सचिन तेन्दुलकर तथा पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै सबभन्दा कम उमेरमा अर्धशतक बनाएको रेकर्ड राखे सफल भए।
“रोहितले राम्रो खेल्दै आएको छ। त्यतिखेर हामी कसैलाई थाहा थिएन कि उसको कीर्तिमान बन्दैछ भनेर। एउटा म्याच भन्दा पनि आगामी दिनमा निरन्तर राम्रो प्रदर्शन गर्नु जरूरी छ,” खड्काले भने।

त्यस्तै सन्दीप जोराले ट्वेन्टी ट्वेन्टी खेलमा सबभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड राखे। “ठीक छ राम्रा छन् युवा खेलाडीहरू। उनीहरूमा राम्रो प्रदर्शन गर्ने भोक छ।”

यस्तै मेहेनत र लगाव बढ्दै जाने हो भने भविष्यमा नेपाल क्रिकेट टोलीले पक्कै पनि राम्रो गर्नेछ। अनि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाले पनि क्रिकेट टोलीलाइ आफ्नो भविष्य सुरक्षित हुनेछ भनेर पनि अझै धेरै मेहेनत गर्ने र राम्रा राम्रा खेलाडीहरु पनि भित्रिने छ।

Post Views: 41