काठमाडौँ : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका कलाकार तथा अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला मलेसियाको कार्यक्रम सिध्याएर फर्किएका छन्। मलेसियाबाट फर्के लगत्तै एक अनलाइन मिडिया सामु आफुहरुले सोचेको भन्दा पनि धेरै माया र सहयोग पाएको जनाएका छन्।
जुन उद्देश्यले आफुहरु मलेसिया गएका थियौ, नसोचेको माया र सहयोग प्राप्त भएको धुर्मुस (सिताराम कट्टेल) बताउछन। त्यहा भएको उक्त कार्यक्रम यो रंगशाला निर्माण गर्न भन्दा अगाडि नै आयोजना भएको र त्यहाका नेपालीहरुलाइ सहयोग गर्न अझै नपुगेको कुरा धुर्मुस बताउछन। उनका अनुसार मलेसियाका नेपाली बासीले अहिले राम्रो सहयोग गर्नुभएको र अझै सहयोग गर्नको लागि अझै २ दिन यतै बस्न पनि आग्रह गरेका थिए। तर नेपालमा काम रहेको बताउदै बस्न नभ्याएको धुर्मुस बताउछन।
धुर्मुसले भने, ‘यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।’मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रंगशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फिरेर जानकारी गराउने उनले बताएका छन् ।
‘केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’, धुर्मुसले भनेका छन् । क्रिकेट रंगाशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।
धुर्मुस फेस बुक मा लेख्छन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाइ हरु बाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं। यहि अभियान लाई लिएर फेरि केहि समय पछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाइ थप हौसला मिलेको छ ।
यो भ्रमणमा जति पनि रकम संकलन भएको छ त्यो भोली सार्वजनिक गर्ने कुरा पनि जनाएका छन्। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न पनि चाहे।
बाँकी सिनेपाटिले कैद गरेको तलको भिडियो मै हेर्नुहोस: