अनमोलको क्रेज: नेपालगन्जमा हजारौ दर्शक उर्लिए

काठमाडाै‌ । यतिबेला नेपालगंजमा अनमोल प्रति देखिएको दर्शकको क्रेज निक्कै अनौठो छ। चलचित्र “क्याप्टेन” को प्रचारप्रसार गर्न यतिबेला अनमोल नेपालगन्ज पुगेका छन्। आउदै गरेको यहि फाल्गुन १७ गते “क्याप्टेन” चलचित्र प्रदर्शनमा आउदैछ र फिल्मको प्रचारप्रसार गर्न नेपालगन्ज पुगेका अनमोललाइ भारी मूल्य तिरेर चलिरहेको खजुरा महोत्सवमा आयोजकले दर्शकको माग धेरै भएकै कारण बोलाउन बाध्य भए।

अनमोल र फिल्म ‘क्याप्टेन’ को टिमसहित महोत्सवमा पुगेका थिए र उनलाई एकदमै कडा शुरक्षाकर्मीहरुको बीच मञ्चमा उकालिएको थियो । प्रतिक्षामा बसेका दर्शकहरुले उनलाई ताली र हुटिङले स्वागत गरिरहँदा पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अनमोलले ‘क्याप्टेन’ को हिट गीत ‘रहर छ सँगै…..’ बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए भने सिनेमाको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाएका थिए ।
पहिलो पटक नेपालगन्ज पुगेका अनमोललाई देख्न पाउँदा दर्शक निकै हर्षित देखिन्थे। अभिनेता केसी र दर्शकबीच रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । अनमोलको गत वर्ष प्रदर्शनमा आएको फिल्म “कृ” पछि फिल्म “क्याप्टेन” मार्फत दर्शक माझ आउँदैछन् ।अहिले उनी यस फिल्मको प्रचारलाई लिएर व्यस्त छन् । चलचित्रको कथा वस्तु के छ, त्यो त फ्लिम रिलिज भएपछी हल मै गएर हेरे पछि मात्र थाहा हुन्छ। भर्खरै मात्र रिलिज भएको अनमोल अभिनित “ए मेरो हजुर ३” को टिजर यस्तो छ।

nepalitvshow

nepalitvshow

Read Previous

मलेसियामा सोचे भन्दा राम्रो भएको र नकारात्मक टिकाटिप्पणी गर्ने व्यक्तिलाइ यस्तो कडा जवाफ (भिडीयो सहित)

Read Next

नायक अनमोल के.सी. नियुक्त भए स्प्राइटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *