नायक अनमोल के.सी. नियुक्त भए स्प्राइटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा

काठमाडौं, २९ माघ । कोल्ड ड्रिङ्क्स अर्थात पेय पदार्थ, स्प्राइट कोल्ड ड्रिङ्क्स ब्राण्डले अनमोल केसीलाइ ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नेपालको लागि पदोन्नतिमा सहयोग गर्ने भएका छन्। धेरै दर्शकको फ्यान अनमोल केसीको आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार मध्ये एक हुन् अनमोल केसी। युवा पुस्ताले धेरै नै रुचाइएका मध्ये पनि एक कलाकार हुन् अनमोल केसी।

कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राइटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।

स्प्राइटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले आफ्नो अनुभव सुनाउदै भने, “ म स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु । यस अवसर प्रदान गरिदिनु भएकोमा कोका–कोला नेपाललाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु ।” आशा छ अनमोलको यो ब्राण्ड एम्बेस्डर नियुक्तीले स्प्राइट तथा नेपाली चलचित्र इण्डस्ट्रिलाइ पनि पुर्ण सहयोग मिल्नेछ।

nepalitvshow

nepalitvshow

Read Previous

अनमोलको क्रेज: नेपालगन्जमा हजारौ दर्शक उर्लिए

Read Next

बन्ने भयो २९ वर्षपछि आमिर खान अभिनित चलचित्र “दिल” को दोस्रो संस्करण

Leave a Reply

Your email address will not be published. Required fields are marked *