बन्ने भयो २९ वर्षपछि आमिर खान अभिनित चलचित्र “दिल” को दोस्रो संस्करण

भारतीय चर्चित चलचित्र “दिल” को सिक्वल अर्थात दोस्रो संकरण भन्ने भएको छ। सन् १९९० मा बनेको यस चलचित्रमा अमिर खान र माधुरी दीक्षितले अभिनय गरेका थिए। २९ वर्ष अघि बनेको उक्त चलचित्रको गीत “मुझे निद नआए” निक्कै नै चर्चित भएको थियो र अझै पनि यस गीतको धेरैले सुन्न भने छोडेका छैनन।

फिल्मका निर्देशक इन्द्र कुमार आफ्नो नयाँ फिल्म “टोटल धमाल” को प्रमोसनका क्रममा दिलको सिक्वल बन्ने घोषणा गरेका हुन् । “टोटल धमाल” २२ फेब्ररीबाट प्रर्दशनमा आउदैछ । फिल्म “टोटल धमाल” को प्रमोसनमा चलचित्रको लागि एउटा राम्रो कथाको पर्खाइमा बसेको उनि बताउछन र राम्रो स्क्रिप्ट पाएपछि यस चलचित्रको दोस्रो संस्करण बन्ने छ भने नाम पनि “दिल” नै राखिने छ। चलचित्रमा मुख्य भूमिकामा को रहला भन्ने विषय पनि अहिले चर्चामा छ। कार्यक्रममा बोल्दै निर्देशक कुमारले बाँकी कुरा छिट्टै अफिसियल रुपमा सार्वजनिक हुने बताएका छन्

nepalitvshow

nepalitvshow

Read Previous

नायक अनमोल के.सी. नियुक्त भए स्प्राइटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा

Read Next

इन्गेजमेन्ट गरे नायिका वर्षा राउत र संजोग कोइरालाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *