कारबाट बाहिर तानेर एक युवतीलाई १० जनाले गरे सामूहिक बलात्कार

एजेन्सी । यस्तो बलात्कारका जघन्य अपराधको घटनाहरु हाम्रो छिमेकी राष्ट्र भारतमा बारम्बार आइरहेका छन् । गत सोमबार एक ४० वर्षीय एक शौचालयका कर्मचारीलाई चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दिल्ली प्रहरीले पक्राउ गरेको थियो । ती कर्मचारीले चार वर्षीया अबोध बालिकालाई शरीरभरी निलडाम बस्नेगरी टोकेर जबरजस्ती करणी गरेका थिए ।

त्यस्तै पञ्जावको लुधियानामा आफ्नो साथीसँग कारमा घर गइरहेकी एक युवतीलाई १० जना युवकहरुले तानेर बाहिर निकालेपछि कथित तरिकाले सामूहिक बलात्कार गरेका छन् । यसरी बलात्कृत भइसकेपछि ती युवती उजुरी दिन प्रहरीमाझ पुगेपछि मात्र यो घटना बाहिर सार्वजनिक भएको हो ।

यो घटनाको छानविन गरिरहेका प्रहरी अधिक्षक तरुण रतनले बताए अनुसार ती युवती आफ्नो साथिसँग कारमा लुधियानाबाट इसावल गइरहेकी थिइन् । यसैबीच तीन वटा बाइकमा सवार ब्यक्तिहरुले पछ्याउँदै जगरावं पुगेपछि रोके । साथै ती कारमाथि उनीहरुले ढुङ्गा र इँटाहरुले प्रहारसमेत गरेका थिए । त्यसपछि ती युवतीलाई कुछपिट गर्दै कारबाट तानेर बाहिर निकाले । साथै सुनसान ठाउँमा लगेर १० जनाले सामूहिक बलात्कार गरे ।

दुई दिनसम्म बन्दक बनाएर राखे

ती युवतीले उजुरीमा जनाए अनुसार उनलाई दुई दिनसम्म बन्दक बनाएर राखेका थिए । साथै अन्य ६–७ जना अन्य उनका साथिहरुलाई पनि बोलाएर बलात्कार गर्न गलाए ती यौन पिपासु युवकले । त्यसपछि त्यस ठाउँबाट बल्लतल्ल उम्केर प्रहरीमाझ उजुरी गर्न पुगिन् ती युवती ।

यसै घटनालाई लिएर प्रहरीले उजुरी दर्ता गरेको छ । सिभिल अस्पतालको मेडिकल जाँचमा ती युवतीलाई सामूहिक बलात्कार भएको खुलासा भएको छ । प्रहरीले ती यौन पिपासुहरुको खोजी कार्य सुरु गरिसकेको जनाइएको छ ।

nepalitvshow

nepalitvshow

Read Previous

इन्गेजमेन्ट गरे नायिका वर्षा राउत र संजोग कोइरालाले

Read Next

प्रणय दिवसको दिन विवाह गरे बर्षा र संजोगले, फोटो यस्तो आयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *