मंगोलियन हर्टका राजु लामाको ‘सैलुङ पोङ्दी’ सार्वजनिक (भिडियो सहित)

नेपालको चर्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’ का गायक राजु लामाको नयाँ गीत ‘सैलुङ पोङ्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। हस्त लामा ‘हार्दिक’ को शब्द र बिशाल कल्तनको संगीत रहेको गीतको म्युजिकमा राजु लामा आफैले अभिनय गरेका छन् ।

त्यस्तै उनलाई मीना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको ‘सैलुङ पोङ्दी’को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ ।

भिडियोलाई कर्मा धुन्डुप योन्जनले निर्माण गरेका हुन् । ‘मंगोलियन हर्ट’ अहिले आफ्नो २५ बर्षको रजत जयन्ती मनाउन स्वदेश तथा बिदेशमा आफ्नो प्रस्तुतिमा ब्यस्त रहेको र रजत जयन्तीको अवसरमा २५ ठाउँमा गरिने सांगीतिक कन्सर्ट मध्य अहिलेसम्म १२ वटा सकिसकेको र बाँकी १३ वटा प्रस्तुतिहरु छिट्टैनै तय गरिने मेनेजर बबी लामाले जानकारी दिए ।

nepalitvshow

nepalitvshow

Read Previous

प्रणय दिवसको दिन विवाह गरे बर्षा र संजोगले, फोटो यस्तो आयो

Read Next

को हुन् मसुद अजहर, जसले जम्मु-कश्मिरमा हमला गरे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *