“लिलि बिली” पछि फेरी प्रदीप र जसिताको रोमान्स चलचित्र “लभ स्टेसन” को गीतमा

प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को नयाँ गीत रिलिज भएको छ । प्रेम दिवसको अवसर पारेर निर्माण टिमले ‘घाम जून चाहिँदैन’ बोलको गीत सार्वजनिक गरेका हुन् । दीपक शर्माको शब्द सङ्गीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरले आवाज रहेको “घाम जुन चाहिदैन” भिडियोलाई भियतनामको चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा छायाँकन गरिएको छ ।

प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार गीतको माग अनुसार नै यी सुन्दर ठाउँहरुमा भिडियोलाई छायाङकन गरिएको हो । उज्ज्वल घिमिरेको निर्देशनमा बनेको यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मलाई काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।

nepalitvshow

nepalitvshow

Read Previous

स्वस्तिमा अभिनित फिल्म ‘बुलबुल’ शुक्रबारबाट प्रदर्शन शुरु

Read Next

गायक पशुपति शर्माले युट्युबबाट किन गीत हटाए? गीत हटाए पछि पहिलो पटक मिडियामा (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *