गायक पशुपति शर्माले युट्युबबाट किन गीत हटाए? गीत हटाए पछि पहिलो पटक मिडियामा (भिडियो सहित)


‘लुट्न सके लुट …’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट …’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने ‘स्व–इच्छा’ले भनेका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’ मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् । खासमा यो प्रकरण के हो ?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? जस्ता प्रश्नको जवाफ शर्माले न्यूज–२४ टेलिभिजनमार्फत दिएका छन् ।

nepalitvshow

nepalitvshow

Read Previous

“लिलि बिली” पछि फेरी प्रदीप र जसिताको रोमान्स चलचित्र “लभ स्टेसन” को गीतमा

Read Next

अमेरिकाको न्युयोर्कमा बाटोको नाम “Mount Everest Way” राखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *