अमेरिकाको न्युयोर्कमा बाटोको नाम “Mount Everest Way” राखियो

पछिल्लो समय नेपालीहरुको तिब्र चाप भइरहेको ठाउँ “ज्याक्सन हाइट्स” लाइ लिटल नेपाल भनेर पनि भन्दै आएका छन्। अमेरिकाको न्युयोर्क शहरमा पर्ने ज्याक्सन हाइट्समा नेपाली देखि लिएर भारतीय, बंगलादेशी, पाकिस्तानी लगायत अन्य थुप्रै देशका मानिसहरु बसोबास गर्दै आइरहेका छन्। व्यस्त र महँगो बसाईं भए ता पनि यो नेपालीहरुको भीड त्यतिकै धेरै छ। यो स्थलमा धेरै बाटोहरुको नाम राख्ने क्रम जारी छ तर ७५ स्ट्रिटमा भने अन्य नाम भने थिएन। यो बाटोमा नेपालीहरुको व्यवसाय र नेपालीहरुको बसाइ बढिरहेको क्रमलाइ नियाल्दै यस बाटोको नाम नेपाललाइ चिनाउने नाम राख्न लागिएको हो। सिटी काउन्सिल र न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासको आयोजनामा एक समारोहको आयोजना गरी औपचारिक रुपमा नामाकरण गरिन लागेको हो ।

अनुपचारिक रुपमा ७५ स्ट्रिटलाइ माउन्ट एभरेष्ट वे नामाकरण गरिसके पनि औपचारिक रुपमा भने यहि आउदो मार्च ९ तारिखका दिन गरिने छ।
उक्त दिनको कार्यक्रमलाई भब्य बनाउने विषयमा छलफल गर्न महावाणिज्यदूतावासले भोलि सोमबार दिउसो तीनबजे महावाणिज्यदूतावासमा छलफल कार्यक्रमको आयोजना गरेका छ । जसमा सहभागी हुनका लागि नेपाली समुदायका व्यक्तित्व र संघ संस्थाका प्रतिनिधीहरुलाई महावाणिज्यदूत पुष्प भट्टराईले अनुरोध गर्नुभएको छ ।

गत डिसेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको थियो । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव सिटी काउन्सिलबाट पारित भएको हो ।

उक्त प्रस्ताव न्युयोर्क सिटीका काउन्सिल सदस्य कोस्टा कोन्स्टानटिनिडेजले बैठकमा राखेका थिए । कोस्टाले न्युयोर्क सिटी काउन्सिलमा २२ औं जिल्लाको प्रतिनिधित्व गर्छन् । गत नोभेम्बर ११ मा एनआरएनए अमेरिकाको न्युयोर्क च्याप्टरले आयोजना गरेको सामुदायिक बैठकमा ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । उक्त बैठकमा न्युयोर्क सिटी काउन्सिलका प्रतिनिधिको उपस्थीति रहेको थियो ।

७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गरिएकोमा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले काउन्सिल सदस्य कोष्टालाई विशेष धन्यवाद दिएका छन् । न्युयोर्कमा ड्राइभर लाइसेन्स र आइडी फर्म नेपाली भाषामा भर्न सकिने व्यवस्थाको लागि पनि काम गरिरहेको कोष्टाले बताइन ।

अधिकारीले यादव बास्तोला लगायत नेपाली समुदायका सदस्यहरु र न्युयोर्क सिटी काउन्सिलका प्रतिनिधि जोय चौधरीलाई समेत विशेष धन्यवाद दिएका छन् ।

स्रोत: खसोखास

nepalitvshow

nepalitvshow

Read Previous

गायक पशुपति शर्माले युट्युबबाट किन गीत हटाए? गीत हटाए पछि पहिलो पटक मिडियामा (भिडियो सहित)

Read Next

कर्म र आनाको किचकिच “द म्यान फ्रम काठमाण्डौ” गीत “किच किचे माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *