कर्म र आनाको किचकिच “द म्यान फ्रम काठमाण्डौ” गीत “किच किचे माया”

कर्म र आनाको मुख्य भूमिका रहेको “किच किचे माया” बोलको गीत सार्वजनिक भएको छ। यो गीत चलचित्र “द म्यान फ्रम काठमाडौँ” मा दुइ प्रेमीको प्रेम र किच किचलाइ प्रस्तुत गरिएको छ।

गीतमा शुजेन्द्र डी कार्कीको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई सविन शाक्यले कोरियोग्राफ गरेका हुन् भने यसको निर्देशक रेनशा वान्तवा राईले गरेकी हुन् । चैत्र १ मा रिलिज हुने फिल्मलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले बताएका छन् ।

सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस फिल्ममा जोसे म्यानुअल, आना शर्मा , बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

nepalitvshow

nepalitvshow

Read Previous

अमेरिकाको न्युयोर्कमा बाटोको नाम “Mount Everest Way” राखियो

Read Next

तयार हुनुहुन्छ नेपालको पहिलो “नेपाल लोक स्टार” बन्न ? अडिसन कहिले?

Leave a Reply

Your email address will not be published. Required fields are marked *