३२ वर्ष पुगिन् प्रियङ्का,जन्मदिन मनाउँदै गर्दा भनिन् : जिम्मेवारी बढेको छ

नेपाली फिल्मकी अहिलेकी ब्यस्त नायिका हुन् अभिनेत्री प्रियङ्का कार्की । उनले आज आफ्नो ३२ औं जन्मदिन मनाइन् । उनी आजबाट ३२ वर्षमा प्रवेश गरेकी छिन् । ‘मेरो वेस्ट फ्रेन्ड’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियङ्काले हालसम्म दर्जनौँ चलचित्रमा काम गरिसकेकी छिन् । प्रियङ्का २०४४ साल फागुन १५ गते काठमाडौँमा जन्मिएकी हुन् । ३२ वर्षको केक काट्दै गर्दा प्रियङ्का उमेरसँगै आफूमा जिम्मेवारी अझै बढेको बताउँछिन् ।

पछिल्लो समय सामाजिक सेवामा सक्रिय प्रियङ्काले प्रेमी आयुष्मान देशराज जोशीसँग मिलेर आयंका फाउन्डेसन नामक संस्था सुरु गरेकी छिन् । पछिल्लो समय सामाजिक सेवामा सक्रिय प्रियङ्का र आयुष्मान हालै महिनावारी र वातावरण स्वच्छता दूतमा नियुक्त भएका छन् ।

nepalitvshow

nepalitvshow

Read Previous

पाइलटको आग्रह कसैले मानेन, रहेनन् रबिन्द्र अधिकारी

Read Next

सर्वोच्चमा रीट दर्ता, खाद्यान्न तरकारी र फलफूलमा अनिवार्यरुपमा विषादी परीक्षणको माग गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *