भैरहवा शहरमा जोडिने भयो सिसि टिभी क्यामरा, लाइन्स क्लब अफ सिद्धार्थनगरले गरे सहयोग

भैरहवा शहरमा अब सिसि टिभी क्यामरा जडान हुँदैछ । शहरको सुरक्षालाइ ध्यानमा राख्दै भैरहवामा यो कार्य गर्ने निर्णय भएको हो। भैरहवामा ३२ स्थानमा सिसि टिभी क्यामरा जडान हुने भएको छ, त्यो पनि एक हप्ताभित्र। भैरहवा बासीले भने केहि हदसम्म आफुलाइ सुरक्षित महसुस गर्न सक्नेछन् । सडक दुर्घटना देखि लिएर सडकमा भएका नराम्रा गतिविधिलाइ कैद गर्न सकिने र धेरै घटनाको प्रमाण पनि यसैबाट प्राप्त हुने हुँदा अनुसन्धानको प्रकृया सहि र सहज हुनेछ भन्ने हेतुका साथ् यो कार्यलाइ अगाडी बढाउन लागिएको हो।
यसै कार्यलाइ साथ् दिंदै लाइन्स क्लब अफ सिद्धार्थनगरले भैरहवामा सुरक्षाको शहर बनाउने अभियानमा सहयोगार्थ २५ हजार हस्तान्तरण सिमिति अध्यक्ष सचिव कोषाध्यक्ष लगायत समिति सदश्यहरु बीच गरेको छ । अन्य संस्थाहरु र सहयोगी हातहरु पनि यस काममा एक भइ जुटेर चाडो भन्दा चाडो यो कार्यलाइ सम्पन्न गरियोस भन्ने हाम्रो शुभकामाना।
दिंदै लाइन्स क्लब अफ सिद्धार्थनगरले हस्तानतरण गरेकाे केहि तस्विरहरु :-


तस्बिर: ज्ञानु पौड्याल

nepalitvshow

nepalitvshow

Read Previous

सत्यको जित भयो भन्दै जनताहरु खुशियाली मनाउदै: रबि लामिछाने रिहा भए ५ लाख धरौटीमा

Read Next

नेपाल आइडल को तेस्रो सिजन सुरु हुँदै, के के परिवर्तन भए त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *