दु:खद खबर: न्युयोर्कमा बाटो काट्दा १० वर्षिय नेपाली बालकको मृत्‍यु, आमा घाइते

अमेरिका – अमेरिकाको न्युयोर्क शहरमा एक दर्दानक घटना घटेको छ । नेपाली आमा, छोरालाई स्कुल पुर्याउन बाटो काट्दै गर्दा ट्रकको ठक्करले १० वर्षिय बालकको उपचारको क्रममा निधन भएको छ भने आमाको अझै उपचार भईरहेको छ ।

मंगलवार बिहान कारीब ७ बजे तिर ५७ एभिन्यु र ५७ स्ट्रिट नजिकै यो दुर्घटना घटेको हो । नेपाली समाजका कृयाशिल व्यक्ती पुरुशोत्तम पन्थीको श्रीमती र छोरा यस घटनामा परेका हुन ।
यो दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको कुरा न्युयोर्कका मेयर ब्लाजियोले बताएका छन र उक्त घटना एकदमै हृदयविदारक रहेको पनि जानकारी दिए । फोहोर फ्याक्ने ट्रकका चालकलाई निलम्बन गरिएको छ ।
यो खबरले पुरै अमेरिकाको नेपाली समाजलाई स्तब्द बनाएको छ । आमालाई सिघ्र स्वास्थ्य लाभको कामना र परिवारमा धर्यधारण गर्ने शक्ती मिलोस । सानो बाबुलाई हार्दिक समवेदना ..

nepalitvshow

nepalitvshow

Read Previous

शक्ति केन्द्र विश्वप्रसिद्ध श्रीरामचरितमानस अब नेपालीमा

Read Next

दुर्घटनामा परि मृत्‍यु भएका श्रिजलको अन्तिम संस्कार शनिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *