दुर्घटनामा परि मृत्‍यु भएका श्रिजलको अन्तिम संस्कार शनिवार

अमेरिका – न्युयोर्कको कुइन्समा दुर्घटनामा परि मृत्‍यु भएका १० वर्ष बालक श्रिजलको अन्तिम संस्कार यही शनिवार हुने भएको छ । नेपाली समाजमा अग्रसर भएर काम गरिरहेका र कुइन्स नेपालीज लाइयन्स क्लबका अध्यक्ष पनि रहेका पुरुशोत्तम पन्थीको छोरा श्रिजल पन्थीको निधन भएको हो ।

श्रिजल र उनको आमा मिना पन्थी बिहान स्कुल पुर्याउन जादा बाटो कट्दै गर्दा सरकारी फोहोर उठाउने गाडीले दिएको ठक्करले १० वर्षिय श्रिजलको मृत्‍यु भएको थियो भने आमा मिना भने घाइते भएकी थिईन । आमा मिनाको देब्रे खुट्टा क्षतबिछत भएको थियो, तर डाक्टरहरुले खुट्टा काट्नु पर्ने परिस्थितीलाई बचाउन सफल भएको छ । तीन देखी चार वटा थप शल्यकृया गर्नु पर्ने अस्पातलले जनाएको छ ।

तलको स्थान र समयमा अन्तिम संस्कार हुने जानकारी पन्थी परिवारले दिएका छन ।

धार्मिक संस्कार तथा अन्त्यष्टी कर्म:
जनवरी ११ शनिवार
समय बिहान ११ बजेदेखि १ बजेसम्म
Coppola-Migliore Funeral Services
49-01 104th Street
Corona, NY 11368

दाहसंस्कार:
समय दिउसो १:३० देखी २:३० सम्म
Fresh Pond Cemetery
6140 Mount Olive Crescent
Middle Village, NY 11379

थप तस्बिरहरु:

तस्बिर सौजन्य: Purushottam Panthi’s Facebook

nepalitvshow

nepalitvshow

Read Previous

दु:खद खबर: न्युयोर्कमा बाटो काट्दा १० वर्षिय नेपाली बालकको मृत्‍यु, आमा घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *