वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीमा कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती ्कविता केसी महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका वरिष्ठ लोकगायक महतले ७ अगस्त शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफूहरु दुबैलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले सचेतना अपनाउँदा अपनाउँदै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

आफूहरु आफ्नै घरको अलग अलग कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको बताएका छन् । उनले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन पनि विशेष आग्रह गरेका छन् । साथै संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन आह्वान गरेका छन् ।

nepalitvshow

nepalitvshow

Read Previous

रुपन्देहीमा अव ११ बजेबाट ७ बजेसम्म मात्र पसल खोल्न पाईने, बेलहिया बाहेकका सबै नाका सिल

Read Next

सात जिल्ला कोरोना सङ्क्रमित शून्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *